Skip to content

सम्राट् सिमेन्ट कम्पनीको व्यापारमा छलाङ, एक वर्षमा १४६.५८ प्रतिशत बढ्यो

nabil bank

काठमाडौं । सम्राट् सिमेन्ट कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ३७ करोड ७० लाख रुपैयाँको व्यापार बढेको छ । कम्पनीको व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा १४६.५८ प्रतिशत बढेको छ । सन् २०२४ यस कम्पनीले १ अर्ब ७७ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यसैगरी, सन् २०२३ मा यस कम्पनीले ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । यसैगरी, सन् २०२२ मा कम्पनीले ४ अर्ब ८७ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १३ अर्ब ९५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १० अर्ब ९३ करोड ९६ लाख ४० हजार रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब १ करोड ३ लाख ६० हजार रुपैयाँको रेटिङ गराएको हो ।

बिस २०७० सालमा स्थापना भएको यस कम्पनीले उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले अघिल्लो वर्ष २०७९ साल साउन १ गतेदेखि दैनिक ३ हजार ६०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता विस्तार गरेको छ। यस अघिसम्म कम्पनीको क्षमता १ हजार ८०० मेट्रिक टनमात्र थियो।

त्यसअघि सम्राट् सिमेन्टले पछाडिबाट एकीकृत प्लान्टमार्फत क्लिन्कर उत्पादन सुरु गर्दै ४ हजार मेट्रिक टन क्षमताको एकाइ सञ्चालनमा ल्याएको थियो। क्लिन्कर एकाइ २०७७ साल माघ १ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। यो कम्पनी दाङ जिल्लामा अवस्थित छ । यस कम्पनीले पीपीसी र ओपीसी दुवै प्रकारका सिमेन्ट उत्पादन गरी देशभर बिक्री वितरण गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life