Skip to content

सप्तकोशी सिमेन्टको व्यापारमा सुधार, एक वर्षमा ३६ करोड रुपैयाँ बढ्यो 

nabil bank

काठमाडौं । सप्तकोसी सिमेन्टको व्यापारमा सुधार देखिएको छ । यस कम्पनीको व्यापार एक वर्षमा ३६ करोड रुपैयाँभन्दा धेरै बढेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा यस कम्पनीले १ अर्ब ६९ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सन् २०२४ मा यस कम्पनीले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ बराबरमात्र व्यापार गरेको थियो ।

सन् २०२३ मा भने यस कम्पनीले २ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार सन् २०२४ मा भने घटेर गत आवमा बढेको हो ।

यस कम्पनीले कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६७ करोड २३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ करोड ४३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६० करोड ८० लाख रुपैयाँको रेटिङ गराएको हो ।

एचआर गोयल ग्रुपद्वारा सञ्चालित यो कम्पनी सन् १९९६ मा स्थापना भएको हो । यो कम्पनी सन् २०२४ को सेप्टेम्बरमा पब्लिक कम्पनीमा परिणत भएको थियो । यस कम्पनीले दैनिक ६ सय टन ओपीसी सिमेन्ट उत्पादन गरी व्यापार गर्दै आएको छ ।

कम्पनीको आफ्नै क्लिङ्कर उद्योग भने छैन । जसले गर्दा कम्पनीले अन्य क्लिङ्कर उद्योगबाट खरिद गरी आपूर्ति गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime