Skip to content

सुन र चाँदीको मूल्य बुधबार पनि घट्यो

nabil bank

काठमाडौं । बुधबार पनि सुन र चाँदीको मूल्यमा घटेको छ । आज छापावाला सुन प्रतितोला एक हजार १०० रुपैयाँले र चाँदी प्रतितोला १२० रुपैयाँले घटेको हो। सुन र चाँदीमा दोस्रो दिन गिरावट आएको हो ।

आज सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार एकैपटक सुनको मूल्य प्रतितोला ७ हजार ९०० रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । मंगलबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँमा खरिद–बिक्री भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime