काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश स्वीकृतिका लागि पुस ८ गते विद्युत नियमन आयोगमा जानकारी गराएको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश आयोगबाट स्वीकृतिको प्रकृयामा रहेको जनाएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश बारे नेप्सेलाई ८ दिनपछि मात्रै जानकारी गराएकोे छ ।







प्रतिक्रिया दिनुहोस्