काठमाडौं । एभरेष्ट बैंकको कावासोतीमा रहेको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ ।
गण्डकी प्रदेश, कावासोती नगरपालिका–३, सभापति चोकमा रहेको लकर सेवासहितको शाखा स्थानान्तरण हुने भएको छ ।
उक्त शाखा माघ ४ गतेदेखि कावासोती नगरपालिका–०२, हाटबजार लाइन, फलफूल चोकमा रहेको बैंकको आफ्नै भवनमा सर्ने छ । यसको दुरी हालको स्थानबाट करिब १२ सय मिटर उत्तर पूर्व रहेको बैंकले जनाएको छ ।
उक्त शाखा कार्यालयबाट लेकर सुविधा उपभोग गरिरहेका सम्पूर्ण ग्राहकले १० दिनभित्र आफ्नो सामान सुरक्षाको लागि आवश्यक पूर्व सावधानी अपनाउनु अनुरोध गरेको छ । तोकिएको म्याद पश्चात सम्पूर्ण लकरहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा यथाशक्य सुरक्षित तरिकाले नयाँ भवनमा स्थानान्तरण गरिने जनाएको छ ।
उक्त म्याद भित्र लकर सुविधा उपभोग गरिरहेका सम्पूर्ण ग्राहकहरु उपस्थित नभएकै कारण लकर स्थानान्तरण कार्य स्थगित नगरिने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्