Skip to content

भद्रपुर विमानस्थलमा दुर्घटना भएको बुद्ध एयरको विमानमा सवार यात्रु र चालक दलका सदस्यको उद्दार, टेक्निकल टिम पठाउने तयारी

nabil bank

काठमाडौं । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएर दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेको जहालमा ५१ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेका थिए । सबैको सकुशल उद्दार गरेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले बताए । उनका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर नालीमा पुगेको छ ।

काठमाडौँ–भद्रपुर उडान सङ्ख्या ९०१ जहाज ९एन–एमएफ कलसाइन भएको एटीआर–७२ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिरिएको हो । विमान अवतरणका क्रममा ‘ओभर रन’ भई घाँसेमैदानमा पुगेको हो ।

आज साँझ ७ बजे काठमाडौँबाट भद्रपुर प्रस्थान गरेको विमान ९ः४५ बजेतिर अवतरण गर्ने क्रममा उक्त घटना भएको हो ।

बुद्ध एयरका अनुसार को काठमाडौंबाट अर्को जहालमा टेक्निकल एवं रिलिफ टिम पठाउने तयारी भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life