Skip to content

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट, १८ जना बने भाग्यमानी

nabil bank

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ आज बाँडफाँट गरेको हो ।

आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँट गरिएको हो । आईपीओमा आवेदन दिएका मध्ये १८ हजार ४९५ जना आवेदकले ५० कित्ताका दरले सेयर पाएका छन् ।

यता १८ जनाले भने थप १ कित्ता सहित ५१ कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीले पुस ७ देखि ११ गतेसम्म प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार १०० कित्ताका लागि आवेदन दिएका थिए । आवेदन दिनेमध्ये १३ हजार ८४२ आवेदन रद्द भएका छन् भने ५ लाख १९ हजार ४६ आवेदन सद भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life