काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
बजार मापन गर्ने सूचक १०.२९ अंकले घटेर परिसूचक २६१०.६३ बिन्दु कायम भएको छ ।
३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ५ अर्ब १ करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा होटल, उत्पादन तथा प्रशोधन र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी अधिकांश उपसूचक घटेका छन् ।
कारोबारमा ७९ कम्पनीको मूल्य बढेको छ भने बाँकी १७१ कम्पनीको मूल्य घटेको छ ।
कारोबारमा विन नेपाल लघुवित्त, श्रीनगर एग्रिटेक इन्ड्रस्टिज कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।









प्रतिक्रिया दिनुहोस्