Skip to content

जेनजी आन्दोलनमा कागजात नष्ट भएपछि पूर्वप्रधानमन्त्री खनालले पुनः लिए नागरिकता प्रमाणपत्र

nabil bank

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आज नागरिकताको प्रमाणपत्र प्राप्त पुनः प्राप्त गरेका छन् ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्री खनालको निवासमा आगजनीका कारण नागरिकतासँगै महत्वपूर्ण कागजात जलेर नष्ट भएका थिए । नष्ट भएको नागरिकता पुनः प्राप्त गर्न उनी आज जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

त्यस अवसरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलको टोलीले पूर्वप्रधानमन्त्री खनाललाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life