काठमाडौं । साताको पहिलो दिन सुन र चाँदीको मूल्य घटेको छ ।
आज आइतबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबारको सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको छ । आजको चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया दिनुहोस्