काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कून) कर्मचारीले सबै कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु पुर्ण रुपमा बन्द गरेका छन् ।
नेफ्स्कूनका सञ्चालक विर बहादुर रावत (भोटे) ले कर्मचारीलाई कोठामा थुनेर कुटेपछि कर्मचारीहरुले आन्दोलन गर्दै सबै कार्यालय बन्द गरेका छन् साथै उनीहरुले रावललाई तत्काल निलम्बन गर्न माग गरेका छन् । सञ्चालक रावलले सुर्खेतमा कर्मचारीलाई कुटेका थिए ।
सञ्चालकले नै कुटेपछि कर्मचारीहरुको मनोबल गिरेको भन्दै आन्दोलनमा उत्रेका हुन् । ‘सुर्खेत घटनाका कारण सम्पूर्ण कर्मचारीहरुको मनोबलमा नकारात्मक प्रभाव परेको सन्दर्भमा यस घटनाको छिनोफानो नभएसम्मका लागि संघका सबै कार्यालयहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु पुर्ण रुपमा बन्द गरिने जानकारी गराउन चाहन्छौं । साथै उपरोक्त मागहरु सम्बोधन नभएमा चरणबद्ध थप आन्दोलनको समेत घोषणा गर्दछौ । उपरोक्त मागका कारण संघका सेवा प्रवाहमा अवरोध हुन गई सदस्य संघ संस्थामा पर्न जाने असुविधा प्रति व्यवस्थापन क्षमाप्रार्थी छौं’ नेफ्स्कूनमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रावलले पुस १८ गते सुर्खेत सदस्य सेवा कार्यालयका कर्मचारीहरु मदन कुमार चन्द र पुष्पराज तिमिल्सेनालाई कुटपिट गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्