Skip to content

एनआईसी एशिया बैंकले हकप्रद सेयर ल्याउने

nabil bank

काठमाडौं । एनआईसी एशिया बैैंकले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

हकप्रद सेयर निष्कासन गर्न लागेको बैंकले पूर्व सहमतिका लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको जनाएको छ ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ः१ अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्व सहमतिका लागि राष्ट्र बैंक समक्ष अनुरोध गरेको जनाएको छ ।

राष्ट्र बैंकले सहमति दिए पछि आगामी साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life