काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गरेको छ ।
संस्थाले संस्थापक सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गरेको हो ।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो ।
संसथाले प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँको ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गरेको छ ।
एफपीओमा पुस २४ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ ५ गतेसम्म आवेदन दिन सकिने छ । एफपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
एफपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।








प्रतिक्रिया दिनुहोस्