Skip to content

सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम बढ्यो

nabil bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक २८.७३ अंकले बढेर परिसूचक २६३९.३७ बिन्दु कायम भएको छ ।

कारोबारमा ३३५ कम्पनीको १ करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ । २१४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ ।

कारोबारमा ६ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा सागर डिस्ट्रिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, बन्दीपुर केवलकार, रुरु जलविद्युत परियोजना र बाराही हाइड्रोपावर कम्पनी रहेका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ३८ करोड ६९ लाख ५० हजार ३४७ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः बन्दीपुर केवलकार र एसवाई प्यानल रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life