काठमाडौं । पिस इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
आईपीओ निष्कासन गर्न लागेको कम्पनीले प्राथमिक सेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्रीप्रबन्ध सेवा प्रदान गर्नका लागि माछापुच्छ्रे क्यापिटललाई नियुक्त गरेको छ ।
पिस इनर्जी कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात ३२ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ ।
सम्झौतामा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता पिस इनर्जी कम्पनीका कार्यकारी अध्यक्ष डा. मदन कुमार उप्रेतीले हस्ताक्षर गरे ।
पिस इनर्जी कम्पनीले ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिकामा रहेको कावेली खोलामा २८.१ मेगावाट क्षमताको माथिल्लो कावेली जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाको भौतिक कार्य प्रगति हालसम्म ६१ प्रतिशत भन्दा माथि भइसकेको छ । २०८३ कात्तिक १४ सम्म निमार्ण सम्पन्न गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखेको छ ।








प्रतिक्रिया दिनुहोस्