Skip to content

सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग, १३ करोड ३५ संकलन

nabil bank

काठमाडौं । सिद्धार्थ प्रिमियर ईन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले इन्स्योरेन्सले कोषमा उक्त रकम सहयोग गरेको जनाएको छ ।

उक्त रकम संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलब्ध गराएको जनाएको छ ।

उक्त रकम संस्थाका अध्यक्ष सुरेशलाल श्रेष्ठले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे । उक्त रकमसहित कोषमा १३ करोड ३५ लाख ६५ हजार जम्मा भएको मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life