Skip to content

कसमस सिमेन्टको व्यापारमा उल्लेख्य सुधार, एक वर्षमा ७३.७३ प्रतिशत बढ्यो 

nabil bank

काठमाडौं । कसमस सिमेन्ट इन्डस्ट्रिजले गत आर्थिक वर्षमा  १ अर्ब ५४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । यस कम्पनीको व्यापार सन् २०१४ को भन्दा ७३.७३ प्रतिशतले बढेको छ । सन् २०२४ मा कम्पनीले ८९ करोड १० लाख रुपैयाँकोमात्र व्यापार गरेको थियो । कम्पनीको व्यापारमा उल्लेख्य सुधार देखिएको छ ।

यसैगरी, कम्पनीले सन् २०२३ मा ८४ करोड ८० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब १९ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब ३८ करोड रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब २ करोड ३४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३७ करोड ६५ लाख रुपैयाँको रेटिङ गराएको हो ।

तेज ब्रान्डको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको कम्पनीले कारोबारबाट २८ प्रतिशत नाफा कमाएको छ । सन् २००० मा स्थापना भएको कम्पनीले क्लिङ्कर र सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले वार्षिक ३ लाख मेट्रिक टन क्षमतामा क्लिंकर र ३ लाख ९० हजार क्षमतामा ग्रान्डिङ सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

यस कम्पनीले ओपीसी सिमेन्ट तेज गोल्ड सिमेन्ट ब्रान्ड र पीपीसी सिमेन्ट तेज सिमेन्ट र कसमस सिमेन्ट ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको सिमेन्ट विशेषगरी कोसी र मधेस प्रदेशमा बढी बिक्री वितरण गर्दै आएको छ ।

यस सिमेन्ट इन्डस्ट्रिजमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप जंग पाण्डे, नेपाल सिमेन्ट उत्पादक संघका निवर्तमान अध्यक्ष ध्रुव थापासमेतको लगानी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life