काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाँचबुझ आयोगलाई लिखित जवाफ पठाएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको आयोगलाई आज उनले लिखित जवाफ पठाएका हुन् ।
आयोगले पठाएको प्रश्नको जवाफ शाहले पठाएको आयोग प्रवक्ता विज्ञानराज शर्माले बताए ।
यसअघि नेकपा एमालेका अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिखित जवाफ पठाएका थिए ।








प्रतिक्रिया दिनुहोस्