काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य मंगलबार एकै दिन प्रतितोला ३ हजार १०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेको हो ।
आइतबार र सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १९५ रुपैयाँले बढेको छ। आजको बजारमा चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबारको बजारमा भने चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा खरिद–बिक्री भएको थियो ।








प्रतिक्रिया दिनुहोस्