Skip to content

सुनको मूल्य घट्यो, चाँदीकाे भाउमा नयाँ रेकर्ड

nabil bank

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । आज चाँदीको मूल्य भने बढेर रेकर्ड ब्रेक गरेको छ । सुनको मूल्य आज प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको छ । आज चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life