काठमाडौं । एनआईसी एसिया बैंकले २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले सार्वजनिक सूचनामार्फत सो सेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।
बैंकको संस्थापक सेयर प्रतिकित्ता १४० रुपैयाँ बिक्री गर्न लागिएको हो । उक्त सेयरमा अहिले भएको विद्यमान सेयरधनीले मात्र आवेदन दिन पाउने छन् ।
अहिले कायम भएका सेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीमा रहेको नेपाल लाईफ क्यापिटल लिमिटेडको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।








प्रतिक्रिया दिनुहोस्