काठमाडौं । होटल फरेष्ट इनले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा श्रम स्वीकृती लिएर रोजगारीका लागि विदेशमा जाने नेपालीका लागि निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँको ४० लाख कित्ता सेयर निष्कासन गर्न लागेको छ । जसमा १० प्रतिशतले हुन आउने प्रतिकित्ता सय रुपैयाँका दरले ४ करोड रुपैयाँको ४ लाख कित्ता सेयर विदेशमा रहेका नेपालीका लागि निष्कासन गर्ने भएको छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा माघ ४ देखि ८ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ १८ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा सदस्य सेवा लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।








प्रतिक्रिया दिनुहोस्