Skip to content

सन नेपाल लाइफको साधारणसभा सपन्न, लाभांश पारित

nabil bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ र नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले दुई आर्थिक वर्षको साधारणसभा एकैपटकगर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष२०८१÷८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २०.२६३२ प्रतिशत लाभांश पारित गरेकाे छ । जसमा ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) छन्।

सभाले कम्पनीको अधिकृत पुँजी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त निर्देशन र सुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०÷८२ र २०८१÷८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life