काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो आकर्षक उपहार योजना ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा ‘लेवल अप वीथ सिजि’ अन्तर्गत पहिलो चरणका विजेता सार्वजनिक गरेको छ।
आगामी आईसीसी टी–२० पुरुष विश्वकप २०२४ लाई लक्षित गरी ल्याइएको यस योजनामा सहभागी हजारौँ ग्राहकहरूमध्ये डिजिटल गोलाप्रथामार्फत पहिलो चरणका लागि दुई जना भाग्यशाली विजेता छनोट गरिएको हो। यस अनुसार काभ्रेका केदार भुजेल र झापाका चन्द्र श्रेष्ठ विजेता बन्न सफल भएका छन्।
केदार भुजेलले सिजी डिजिटल, बनेपाबाट सिजी ब्रान्डको वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएका थिए भने चन्द्र श्रेष्ठले न्युएवन सप्लायर्स, बिर्तामोडबाट सिजी ब्रान्डको माइक्रोवेभ ओभन खरिद गरी योजनामा सहभागी भएका थिए।
कम्पनीका अनुसार दुवै विजेताले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। उक्त प्याकेजमा काठमाडौँ–मुम्बई दुईतर्फी हवाई टिकट, तारे होटलमा बसाइ, खानपिन, तथा मुम्बई सिटी टुर समावेश छ। साथै, विजेताहरूले मुम्बईको वानखेडे स्टेडियममा हुने आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाली टोलीको एक खेलको टिकट समेत प्राप्त गर्नेछन्।
सिजीले यो योजना पहिलो चरण मात्र भएको र अझै जारी रहेको जानकारी गराउँदै आगामी दिनमा थप विजेताहरू घोषणा गरिने जनाएको छ। योजनामा सहभागी हुन इच्छुक ग्राहकहरूले देशभर रहेका २१ वटा सिजी डिजिटल शोरुम, कम्पनीको आधिकारिक वेबसाइट, तथा सिजी ब्रान्डका उत्पादन उपलब्ध आधिकारिक बिक्री केन्द्रहरूबाट सामान खरिद गरी ३१००३ मा एसएस पठाउनुपर्ने कम्पनीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्