काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई तलब भत्ता बापत ३ करोड ६ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले गत आवको सीईओलाई तलब बापत १ करोड ६० लाख ७६ हजार, भत्ता बापत १ करोड ७ लाख १७ हजार, दशैं भत्ता २२ लाख ३३ हजार, संचय कोष बापत १६ लाख ८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
बैंकले सीईओलाई पानी, बिजुली र टेलिफोन महशुलको भुक्तानी बिल अनुसार गर्ने गरेको छ ।
सीईओलाई सवारी चालक, ईन्धन तथा मर्मत सम्भार सहित सवारी साधन दिईएको छ । बोनस ऐन अनुसार बोनस, जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा दिने गरेको छ । यस्तै सीईओलाई ३ जना सुरक्षा गार्ड बैंकले दिएको छ । उक्त तलब भत्ता बापत राज्यले ३९ प्रतिशत कर पाएको छ ।
बैंकले गत आवमा सञ्चालकलाई भत्ता बापत १८ लाख ५७ हजार भुक्तानी गरेको छ । बैंकले अध्यक्षलाई १५ हजार र सञ्चालकलाई १२ हजार भत्ता दिने गरेको छ ।
बैंकले सञ्चालक समितिका अध्यक्षलाई कुल बैठक भत्ता २ लाख २५ हजार रुपैयाँ दिएको छ । यस्तै मासिक ५० लिटर ईन्धन दिएको छ । यसका अलावा सञ्चालक समितिका अध्यक्षलाई टेलिफोन, मोबाईल तथा पत्रपत्रिका खर्च बापतको बास्तविक लागत बमोजिम पाउने व्यवस्था रहेको छ ।
सञ्चालक समितिको अन्य सदस्यहरुले पाएको बैठक भत्ता तथा अन्य सुविधा बापत १६ लाख ३२ हजार र मासिक प्रति सञ्चालक ५० लिटर ईन्धन दिने गरेको छ ।
बैंकले सेयरधनीको हात खाली बनाएको छ । यो पटक लाभांश दिएको छैन ।








प्रतिक्रिया दिनुहोस्