काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई लकर सेवामा ३० प्रतिशत छुट दिने भएको छ । बैंकले माघ ६ गतेसम्मका लागि छुटको सुविधा ल्याएको हो । बैंकको नयाँ योजनाअनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त सक्ने छन् ।
ग्राहकले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन् । बैंकले मुलुकभरका विभिन्न शाखाहरुमा ग्राहकको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरु उपलब्ध गराएको छ ।
बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहक महानुभावहरुलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।








प्रतिक्रिया दिनुहोस्