काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा २८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि पुस १३ गते पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यसपछि मूल्य घट्न थालेको थियो ।
शु्क्रबार सुन तोलाको २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलाको २१० रुपैयाँले बढेर ४ हजार ९९० रुपैयाँमा कारोबार भएको छ ।
शुक्रबार चाँदी तोलामा ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया दिनुहोस्