Skip to content

विशेष महाधिवेशनपछि काँग्रेस पार्टी फुट्दैन, झनै जुटेर आउँछ: विश्वप्रकाश शर्मा

‘अब एक व्यक्तिलाई २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नदिने नीति लिन्छौ’

nabil bank

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले शर्माले यो विशेष महाधिवेशनपछी पार्टी नफुटाउने बताए ।

उनले काँग्रेसलाई टुक्राएर होइन पार्टी पंक्तिलाई बलियो बनाउने गरी लाग्ने बताए । यो महाधिवेशनपछि पार्टी झनै बलियो र एक ढिक्का रहेको संकेन दिने बताए । उनले महाधिवेशनको बन्द शत्रमा आवेगमा नभएर बिवेकमा निर्णय लिने बताए । र, त्यो निर्णय काँग्रेसले स्वीकार्ने बताए ।

अब एक व्यक्तिलाई २ पटक भन्दा बढी समय प्रधानमन्त्री बन्न नदिने नीति लिने बताएका छन् । आज राधानीको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा उनले यस्तो बताए । उनले यही विशेष महाधिवेशनबाट २ पटक भन्दा बढी कोही पनि प्रधानमन्त्री बन्न नपाउने गरी नीति बनाउने दाबी गरे ।

उनले ३४ वर्षमा ३० जना प्रधानमन्त्री बन्दा बन्नेलाई राम्रो लागेपनि जनतालाई राम्रो नलागेको बताए । उनले यो अवधिमा लाभ लिनेहरु खुसी भएको र आम नेपाली जनता यो अवधिमा सँधै दुखी बनेको दाबी गरे ।

महाधिवेशमा उनले आफुले भनेको समयमा पार्टी सभापति शेर बहादुर देउवाले मानेको थियो भने जेनजी आन्दोलन नहुने उनको भनाइ छ । ५ पटक प्रधानमन्त्री भएपछि छैटौ पटक नबन्न आग्रह गरेको बताए ।

हरेक नेपालीका असन्तुष्टीलाई बन्दसत्रमा छलफल गर्ने बताए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life