Skip to content

अर्थतन्त्रलाई बलियो बनाउन सक्ने पार्टी बन्नु आजको आवश्यकता: विनोद चौधरी

nabil bank
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले नेपाली कांग्रेस अर्थतन्त्रलाई बलियो बनाउन सक्ने पार्टी बन्नु आजको आवश्यकता रहेको बताएका छन्।
पार्टीको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देश र पार्टी दुवैलाई जोगाउन आर्थिक रूपान्तरणलाई अब प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए। चौधरीले अर्थतन्त्र सुदृढ बनाउन उपलब्ध अवसरलाई सदुपयोग गर्न सक्ने पार्टी र देश निर्माणमा कांग्रेस अग्रसर हुनुपर्ने बताए।
‘अर्थतन्त्रलाई बलियो बनाउन सक्ने अवसरलाई सार्थक बनाउन सक्ने पार्टी र देश बनाउनुपर्नेछ,’ उनले भने, ‘भविष्यका लागि स्पष्ट प्रतिबद्धता गर्न सक्ने नेतृत्वको खोजी भइरहेको छ।’
चौधरीले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई अघि बढ्न आग्रह गर्दै, देश र पार्टी बचाउने उद्देश्यले सुरु गरिएका कदमलाई बिचमै नछोड्न सुझाव दिए।
‘म महामन्त्रीद्वयलाई बधाई दिन चाहन्छु। तपाईंहरू अघि बढ्नुस्, नछोड्नुस्,’ उनले भने, ‘कुरिरहेको विकासको खुड्किलासम्म देशलाई पुर्‍याउनुस्। यसको सार्थक पुरस्कार देश र पार्टीले पाउनेछ।’
उनले पछिल्ला ३५ वर्षमा ३५ वटा सरकार बने पनि कांग्रेसले बनाएको योजना र नीतिअनुसार नै देश सञ्चालन भइरहेको दाबी गरे।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life