काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले पार्टीका भएका कमी कमजोरीलाई हामी पनि आफ्नो भागमा परेको जिम्मेवारी लिन तयार रहेको बताएका छन् ।
आज राधानीको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा उनले यस्तो बताए । पुरानै आनी बानीलाई लिएर नयाँ भविश्य बनाउन नसकिने बताए ।
उनले बदलिएको नयाँ परिस्थिती अनुसार चल्नका लागि आज सबै काँग्रेसीले संकल्प गर्नुपर्ने बताए । उनले आजबाट शासन मात्रै हो नभर शुसासन पनि दिने गरी काम गर्ने बताए । अब काँग्रेस र देश दुबै बनाउने अभियानमा लाग्नुपर्ने बेला भएको उनको भनाइ छ ।
शर्माले कमजोर बन्दै गएको देशलाई बलियो बनाउने गरी काम गर्नुंपर्ने समय आएको उनको भनाइ छ । ‘जेनजी आन्दोलनमा अन्य वस्तु जल्नु भन्दा पनि नेपाली नेपालीबीचको मन जलेको भन्दै जलेको मनमा मलम लगाउन यो विशेष महाधिवेश बोलाइएका हो’ उनले भने ।








प्रतिक्रिया दिनुहोस्