Skip to content

सिद्धार्थ बैंकको सीईओमा रामेश्वर प्रसाद बस्याल नियुक्त

nabil bank

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईआं)मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् । सञ्चालक समितिले पुस २५ देखि लागू हुनेगरी कस्याललाई सिईओमा नियुक्त गरेको हो ।

बस्यालसँग बैंकिङ क्षेत्रमा करिब ३६ वर्ष काम गरेको अनुभव छ । उनले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै अनुभव संगालेका छन् ।

यसैगरी,सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भई उनले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life