काठमाडौं । पछिल्लो समय समग्र आर्थिक क्षेत्रमा देखिएका समस्या बैंकिङ क्षेत्रमा पनि देखिदै गएको छ । त्यसको प्रत्यक्ष परोक्ष असर बैंकले दिने लाभांशमा देखिन थालेको छ ।
कुनै समय वाणिज्य बैंकको सेयर किन्नेहरु राम्रो प्रतिफल पाउनेमा ढुक्क हुन्थे । वाणिज्य बैंकको सेयरमा ‘लाभांश युग’ नै थियो । बैंकको सेयर किने पनि राम्रो पाउने, लगानी नडुब्ने तत्कालीत तथा दीर्घकालीन लाभांश लगानी सुरक्षित हुने निश्चित थियो ।
विगत १० वर्षमा बैंकहरुले सेयरधनीलाई दिएको लाभांश हेर्दा वर्षेनी ३०, ४०, ५० देखी १०० प्रतिशतसम्म लाभांश दिने गरेका थिए । पछिल्ला ३,४ वर्षको तथ्याङक हेर्दा यो क्रम खस्कदै गएको छ ।
कोरोना महामारी पछि अर्थतन्त्रमा देखिएको समस्या, नियमक निकायले गरेको कडा नियमन लगायतका कुराले पछिल्लो ३ वर्ष यता सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये आधाभन्दा धेरै वाणिज्य बैंकले लाभांश वितरण नै गर्न सकेका छैनन् ।
आर्थिक वर्ष २०७२/७३ देखि २०८१/८२ सम्मको १० वर्षको अवधिमा नेपालका १९ वाणिज्य बैंकले सेयरधनीलाई वितरण गरेको लाभांशको तथ्यांक हेर्दा बैंकिङ क्षेत्रको वास्तविक अवस्था स्पष्ट देखिन्छ । सर्वसाधारणलाई सार्वजनिक सेयर दिएका १९ वाणिज्य लाभांश क्षमता खस्किदो अवस्थामा रहेको छ ।
यस अवधिमा केही बैंकले निरन्तर रूपमा लाभांश दिएका छन् । तर, ती बैंकहरुको पनि लाभांशको रेसियो घट्दो अवस्थामा रहेको तथ्यांकले देखाउछ । पछिल्लो केहि समय यता बैंकको नाफा घट्दो अवस्थामा छ । जसको कारण बैंकहरुले बाँड्ने लाभांश क्षमतामा पनि गिरावट आएको नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवाली बताउँछन् ।
‘‘बैंकको नाफामा गिरावट आउनुको कारण सबैभन्दा पहिले कर्जा विस्तार सुस्त हुनु हो ’’ ज्ञवाली भन्छन्, ‘‘उद्योग, व्यापार र उपभोक्ता खर्च कमजोर हुँदा नयाँ कर्जाको माग घट्यो । कर्जा नै बैंकको प्रमुख आम्दानी स्रोत हो ।’’ यो घट्दा बैंकको नाफा घट्यो’ नाफा घटेकै कारण बैंकको लाभांश पनि घटेको उनको बुझाई छ ।
‘‘पछिल्लो केहि वर्ष यता बैंकिङ क्षेत्रहरु डिजिटल मैत्री भए’’ सीईओ ज्ञवाली भन्छन् ‘‘डिजिटल प्रक्रियामा जाँदा बैंकहरुले सञ्चालन शुल्क आर्जन गर्न सकेनन् । जसले बैंकको नाफालाई प्रभावित बनायो । यसको असर लाभांशमा देखिएको छ ।’’
यता राष्ट्र बैंकका केही नियामकीय व्यवस्थाहरुका कारण पनि बैंकको लाभांश क्षमता घटेको अन्य बैंकरहरुको भनाइ छ । पुँजी पर्याप्तता अनुपात, कर्जा–निक्षेप अनुपात र जोखिम व्यवस्थापन सम्बन्धी कडाइले बैंकहरूका लाभांश क्षमतामा ह्रास आएको बैंकरहरुको भनाइ छ ।
केही वर्षयता बैंकको खराब कर्जा (एनपीएल) पनि बढ्दो क्रममा छ । उद्योगी–व्यवसायीले लिएको कर्जा समयमा नतिर्दा खराब कर्जा अनुपात बढेको छ । ‘‘एनपीएल बढेपछि बैंकले त्यसको जोखिम व्यवस्थापनका लागि ठूलो रकम प्रोभिजनिङ गर्नुपर्छ, जसले नाफा घटाउँछ’’ पूर्व बैंक भुवन दहाल भन्छन् ।
‘‘कर्जा निक्षेप अनुपात (इन्ट्रेस इस्प्रेड) १० अगाडी बैंकहरुले ५ प्रतिशतभन्दा बढि कायम गर्न पाउँने व्यवस्था रहेको थियो । अहिले घटेको छ’’ दहाल भन्छन्, ‘‘यसले बैंकहरुको आम्दानी कम भयो । आम्दानी कमहुँदा नाफा घट्यो र लाभांश क्षमता पनि घट्यो’’
१० वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश वितरण गर्ने बैंकका नबिल बैंक रहेको देखिन्छ । १० वर्षमा यस बैंकले औसत २७.७७ प्रतिशत लाभांश वितरण गरेको छ । यसैगरी, सबैभन्दा धेरै लाभांश वितरण गर्ने अर्को बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । यस बैंकले औसत २८.५२ प्रतिशत लाभांश वितरण गरेको छ ।
यसैगरी, १० वर्षमा सबैभन्दा धेरै लाभांश वितरण गर्ने तेस्रो बैंकमा एभरेष्ट बैंक परेको छ । यस बैंकले १० वर्षमा औसत २५.१ प्रतिशत लाभांश बाँडेको छ ।
विगत तीन वर्ष देखी लाभांश बाँड्न नसकेको हिमालयनन बैंकले पनि ७ वर्षमा औसत २२.९६ प्रतिशत लाभांश वितरण गरेको छ । १० वर्षमा ‘रेगुलर’ लाभांश वितरण गर्ने बैंकहरुमा सानिमा, एनएमबी, सिद्धार्थ, सिटिजन्स, ग्लोबल आइएमई, नेपाल एसबीआई, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र नबिल बैंक रहेका छन् ।
एनआईसी एसिया बैंकले १० वर्षमा ४ वर्ष लाभांश नै वितरण गर्न सकेको छैन । यस बैंकले ६ वर्षमा औसत १३.०५ प्रतिशत लाभांश बाँडेको छ । यसैगरी, माछापुच्छ्रे बैंकले १० वर्षमा २ वर्ष लाभांश वितरण गर्न सकेको छैन । यस बैंकले ८ वर्षमा औसत १२.१३ प्रतिशत लाभांश वितरण गरेको छ ।
यसैगरी, प्राइम कमर्सियल बैंकले पनि १० वर्षको अवधिमा एक वर्ष लगानीकर्ताको हाल खाली बनाएको छ । यस बैंकले ९ वर्षमा बोनस र नगद गरेर औसत १३.१४ प्रतिशत लाभांश वितरण गरेको छ ।
सरकारी स्वामीत्व भएको कृषि विकास बैंकले आर्थिक वर्ष २०७९÷८० मा लाभांश वितरण गर्न सकेन । यस बैंकले ९ आर्थिक वर्षहरुमा औसत १६.६५ प्रतशित लाभांश बाँडेको बैंकको तथ्यांकले देखाउँछ ।
सरकारी स्वामीत्वमा रहेको अर्को बैंक नेपाल बैंकले १० आर्थिक वर्षमा चार आर्थिक वर्षमात्र लाभांश वितरण गरेको छ । यस बैंकले चार आर्थिक वर्षमा औसत ७ प्रतिशतमात्र लाभांश दिएको छ ।
यसैगरी, प्रभु बैंकले पनि १० आर्थिक वर्षमा चार आर्थिक वर्ष लगानीर्काको हाल खाली बनाएको बैंकको तथ्यांकले देखाउँछन् । यस बैंकले ६ आर्थिक वर्षमा औसत ११.२८ प्रतिशत लाभांश वितरण गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विगत तीन वर्षबाट लाभांश बाँड्न सकेको छैन् । यस बैंकले ७ वर्षमा औसत २६.५ प्रतिशत लाभांश बाँडेको छ । यता कुमारी बैंकले १० वर्षको अवधिमा तीन वर्ष लाभांश घोषणा नै गर्न सकेको छैन् । यस बैंकले ७ आर्थिक वर्षमा १२.५६ प्रतिशत लाभांश वितरण गरेको छ ।
विगत दुई वर्ष यता वाणिज्य बैंकले बोनस सेयरभन्दा नगद लाभांशलाई विषेस प्राथमितामा राखेको देखिन्छ । नबिल बैंकले तीन वर्ष यता आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गरिरहेको छ ।
३ वर्ष यता स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि नगद लाभांश वितरणलाई प्राथकिमतामा राखेको बैंकको तथ्यांकले देखाउँछन् ।
बैंकको १० वर्षे लाभांश तथ्यांक








प्रतिक्रिया दिनुहोस्