काठमाडौं । हिमालयन बैंक लिमिटेडले ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका ६ संस्थापक सेयरधनीले उक्त सेयर बिक्रीमा राखेका हुन ।
बैंकले कुमार श्रेष्ठको २० हजार ४८२.०८ कित्ता, घनमान बज्राचार्यको १९ हजार ४९२.१३ कित्ता, जयन्तकुमार अग्रवालको १०० कित्ता, हरि प्रसाद प्रसाईँको ५ हजार २८८.८९ कित्ता, महेन्द्र नाथ कर्माचार्यको २० हजार २९७ कित्ता र तुलसी राम नेपालको ७ हजार ४०९.५६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८१ को निर्देशन नं. १० अनुसार संस्थापक सेयर खरिदमा हाल कायम रहेका संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीले बैंकको हेरिटेज प्लाजा, कमलादी, काठमाडौंस्थित कानुन विभागमा निवेदन दिन अनुरोध गरेको छ ।
तोकिएको समयावधिभित्र बैंकका संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्