Skip to content

लुम्बिनी विकास बैंकले दोस्रो पटक राख्यो १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । लुम्बिनी विकास बैंकले १ लाख २० हजार ९० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यसअघि पहिलो पटक बिक्रीमा राख्दा सेयर बिक्री नभएपछि बैंकले दोस्रो पटक संस्थापक सेयर बिक्रीका लागि सूचना प्रकाशित गरेको हो ।

बैंकका अनुसार संस्थापक सेयरधनी कान्छा गुरुङले आफ्नो नाममा रहेको १ लाख कित्ता र प्रकाश मान श्रेष्ठले २० हजार ९० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन ।

यस सम्बन्धमा बैंकले यसअघि मंसिर २१ गते सुचना प्रकासित गरेको थियो । उक्त समयमा कुनै पनि संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभए पछि बैंकले दोस्रो पटक सुचना जारी गरेको हो ।

इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात तथा विवरणसहित यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life