Skip to content

कांग्रेसको विशेष महाधिवेशनमा ८ बजेदेखि प्रतिनिधिको नाम दर्ता, १० बजेदेखि बन्दसत्र हुने

nabil bank

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको विशेष महाधिवेशनको दोस्रो दिन आज पनि कायमै छ ।

आज बिहान ८ बजेदेखि प्रतिनिधिको नाम दर्ता सुरु गरिने र १० बजेपछि बन्दसत्र सुरू हुने जनाइएको छ ।

विशेष महाधिवेशन आयोजक समितिको सचिवालयले आज बिहान १० बजेदेखि बन्दसत्र शुरु हुने जानकारी दिएको छ ।

पहलिो दिन २६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् । नेपाली काँग्रेसका कुल ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि रहेकाछन् ।

बहुमत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी भएपछि नेपाली काँग्रेसको नेतृत्व परिवर्तन हुने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life