काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड ३० लाख ५ हजार १०७ रुपैयाँ भुक्तानी गरेको छ ।
इन्स्योरेन्सले यो रकम सीईओलाई बार्षिक तलब, भत्ता, बोनस र अन्य शिर्षकमा भु्क्तानी गरेको हो । उक्त तलब भत्ता बापत राज्यले ३९ प्रतिशत कर पाएको छ ।
यस्तै इन्स्योरेन्सले सञ्चालक समितिलाई गत आवमा भत्ता बापत ७९ लाख ८९ हजार रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सले सञ्चालकलाई भत्ता बापत मात्रै ६८ लाख ४९ हजार भुक्तानी गरेको छ ।
यस्तै टेलिफोन, मोबाइल र पत्रपत्रिका खर्च भनेर ११ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
इन्स्योरेन्सले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक भत्ता २२ हजार र सञ्चालकलाई २१ हजार भत्ता दिने गरेको छ ।
सञ्चालक समितिको अध्यक्षमा गोविन्द लाल संघई रहेको छन् भने सञ्चालकमा कमलेश कुमार अग्रवाल, शक्ति कुमार गोल्याण, विमल प्रसाल ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्