काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन् । विशेष महाधिवेशनको उद्घाटन भइसकेको छ भने बन्दशर्त आज हुने छ ।
बहमुत महाधिवेशन प्रतिनिधि विशेषको पक्षमा देखिएपनि देउवा बन्दशर्तमा जाने अपेक्षा महाधिवेशन प्रतिनिधिको थियो । तर,देउवाको सचिवालयले सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भृकुटीमण्डप जाने भन्ने गलत सुचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
सचिवालयले उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको उल्लेख गरेको छ ।








प्रतिक्रिया दिनुहोस्