Skip to content

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

nabil bank

काठमाडौं । रिज लाइन इनर्जी कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले पुस १३ गतेदेखि आजसम्मका लागि आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि सेयर निष्कासन गरेको थियो । आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमध्ये ११ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्काशन गरेको छ ।

सेयरमा गोरखा जिल्लाका अजिरकोट गाउँपालिकाको सम्पूर्ण वडाहरु र लमजुङ्ग जिल्ला दुधपोखरी गाउँपालिका– १, २, ३ तथा दोर्दी गाउँपालिका– ४, ५ र ६ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

स्थानियले रिज लाइन इनर्जी आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life