Skip to content

एशियन लाइफ इन्स्योरेन्सले १ लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राख्यो

nabil bank

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १ लाख ५५ हजार ३७१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयर बिक्री सम्बन्धी ३५ दिने सूचना प्रकाशित गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको ‘बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ अनुसार संस्थापक सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेको छ ।

त्यसैले उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय, मैतिदेवी, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

उक्त संस्थापक सेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life