काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज पनि जारी छ ।
सोमबारदेखि शुरु भएको बन्दसत्रमा दुवै महामन्त्रीले पेश गरेको प्रतिवेदनमा छलफल भएको थियो ।
आज बिहान ९ बजेदेखि बन्दसत्र शुरु हुने बताइएको छ ।
सोमबारदेखि ९ समुहमा शुरु गरिएको समुहगत छलफललाई आज पनि निरन्तरता दिइने विशेष महाधिवेशन प्रचार प्रसार समितिका संयोजक सुवास पोखरेलले बताए ।
प्रतिवेदन पारित भएपछि विशेष महाधिवेशनको बन्दसत्र नेतृत्व चयनमा लाग्ने छ । यद्यपी नेताहरुबीच सहमतिको प्रयास पनि भइरहेको छ ।
विशेष महाधिवेशनमा अहिलेसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गराएका छन् । सोमबारसम्म कुल ६३ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराएका छन् ।








प्रतिक्रिया दिनुहोस्