Skip to content

राष्ट्र बैंकको प्रतिवेदनले देखायो शङ्कास्पद कारोबारमा ३० प्रतिशतको वृद्धि

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदनले शङ्कास्पद कारोबार तथा गतिविधिमा उल्लेख्य वृद्धि भएको देखाएको छ । प्रतिवेदनअनुसार सो अवधिमा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन (एसटिआर–एसएआर) अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०८१÷८२ मा इकाईले कुल ९ हजार ५६५ वटा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त गरेको जनाएको छ । प्राप्त प्रतिवेदनहरूको विश्लेषणसमेत अघिल्लो वर्षको तुलनामा करिब ४० प्रतिशतले वृद्धि भएको छ ।

विश्लेषणपछि ९४५ वटा शङ्कास्पद कारोबारमा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूमा पठाइएको छ । यसले वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियालाई सघाएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार नयाँ (एफआईयु) प्रणाली’ मार्फत वित्तीय सूचना सङ्कलनमा समेत उल्लेख्य प्रगति भएको छ । सूचक संस्थाहरूको सङ्ख्या एक वर्षमै दोब्बरभन्दा बढी वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life