काठमाडौं । सिन्धुली जिल्ला घ्याङलेख गाँउपालिका–२ बस्तीपुर स्थित हायुटारमा रहेको नेपाल एसबीआई बैंकको शाखा लुटपाटमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बैंक लु्टन गएका लुटेराहरूले बनेपाबाट रिजर्भ गरेर लगेको बीएडी ०३९८ नम्बरको टाढा सुमो जीप र त्यसका चालक भवत सिंह थापालाई मंगलबार नै नियन्त्रणमा लिएको थियो । बाँकी तीन जनालाई आज नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरु बैक लुटने मुख्य नाइके भन्दा पनि खेताला रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको स्रोतको भनाइ छ ।
मंगलबार राति अन्दाजी ८ बजेर ४० मिनेटमा बैंकको उक्त शाखामा ५,६ जनाको समूहका गएका नकाबधारीहरुले करिब ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट गरेका थिए । लुटेराको सुमूहले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्कीलाई खुकुरी प्रहार गरी घाइते बनाएर पैसा लुटेका थिए । लुटेराको समूहले गार्ड कार्कीलाई खुकुरी प्रहार गरेर कर्मचारीलाई नियन्त्रणमा लिइ भल्टमा रहेको पैसा निकालेको बताइएको छ ।
लुटेराको समूहसँग खुकुरीका साथै पोस्तोल समेत रहेको पाइएको छ ।
उक्त घटनाका अपराधीहरूलाई प्रहरी टोलीले खोतलास गर्दै जाँदा १ करोड ८० लाख १० हजार ५ सय फेलापरेको छ । स्थानीयले घट्नाको बारेमा जानकारी पाएपछि होहल्ला गरेका थिए । त्यसपछि लुटेराको समूहले पैसा बैंक नजिकै जंगलमा फालेर भागेका थिए ।
यो रकम प्रहरीले नजिकैको जंगलमा बोरामा फालेको अवस्थामा फेला पारेको हो । यो बिषयमा मिहिन रुपमा अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्