Skip to content

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

nabil bank

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त भएकी छन् । बैंकको सञ्चालन समितिले सर्वसाधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्ने सञ्चालकका रूपमा राजभण्डारीलाई नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रमा झण्डै तीन दशकको अनुभव हासिल गरेकी नवनियुक्त सञ्चालक राजभण्डारीले बैंकका सञ्चालक समिति अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् ।

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले तत्कालीन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व गर्दै उल्लेखनीय योगदान पुर्‍याएकी थिइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life