काठमाडौ । सञ्चालनमा रहेको वाणिज्य बैंकको ब्याजदर घट्ने क्रम अझै रोकिएको छैन ।
पुुस महिनाको तुलनामा माघ महिनामा बैंकको ब्याजदर औषतमा ०.१५ प्रतिशत बिन्दुले घटेको छ ।
बैंकको अधिक तरलता भएका कारण ब्याजदर घटेको हो । पुसमा बैंकले मुद्दति निक्षेपमा दिने ब्याजदर औषतमा ४.८३४ प्रतिशत रहेको थियो । माघ १ गतेदेखि लागू हुने ब्याजदरमा औषतमा ४.६८४ प्रतिशत रहेको छ ।
पुसको तुलनामा माघमा ११ बैंकहरुले ब्याजदर घटाएका छन् भने प्राइम बैंकको मात्रै ब्याजदर ०.१५ प्रतिशतले बढेर ४.४० प्रतिशत रहेको छ । पुसमा यस्तो ब्याजदर ४.२५ प्रतिशत रहेको थियो ।
माघका लागि ब्याजदर घटाउने बैंकमा लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सिटिजन्स इन्टरनेश्नल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
बाँकी ८ वटा बैंकको ब्याजदर स्थिर रहेको छ ।









प्रतिक्रिया दिनुहोस्