काठमाडौं । सुन-चाँदीको मूल्यमा बुधबार पनि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ३१५ रुपैयाँ बढेको हो ।
पछिल्लो केहि दिन यता सुन-चाँदीको मूल्यमा निरन्तर ऐतिहासिक रेकर्ड कायम भइरहेको छ । आज बजारमा सुन प्रतितोला २ ला ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलाको २ लाख ७६ हजार ५०० रुपैयाँमा काराबार भइरहेको थियो ।
यसैगरी, बुधबार चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको थियो ।








प्रतिक्रिया दिनुहोस्