Skip to content

हिमालयन बैंकका सीईओको तलब भत्ता २ करोड बढी

nabil bank

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड १३ लाख ९० हजार १६७ रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले सीईओलाई तलब बापत १ करोड ८६ लाख, भत्ता बापत १५ लाख ५० हजार, टेलिफोन, मोबाइल, धारा बत्ती बापत ५ लाख २४ हजार ९८८ हजार रुपैयाँ र विविध शिर्षक ७ लाख १५ हजार १७९ रुपैयाँ भुक्तानी गरेको छ । यसबापत राज्यले ३९ प्रतिशत राजस्व पाएको छ ।

यस्तै बैंकले सञ्चालक समितिलाई ३५ लाख ९८ हजार ३०५ रुपैयाँ भुक्तानी गरेको छ । जसमा बैठक भत्ता २० लाख ३२ हजार, टेलिफोन, मोबाइल, धारा बत्ती बापत १ लाख ६९ हजार ८३४ रुपैयाँ र विविध शिर्षकमा १३ लाख ९६ हजार ४७१ रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life