काठमाडौं । पुर्वाञ्चल विश्वविद्यालयसँग सम्बद्ध कान्तिपुर सिटी कलेज (केसीसी)ले बीबीए संकायका विद्यार्थीहरूले तयार पारेको म्यानेजमेन्ट स्कोलर्स म्यागेजिन को १० औं संस्करण शनिवार केसीसी कलेज हलमा औपचारिक रूपमा विमोचन गरेको छ ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विद्यार्थीहरूले तयार पारेको म्यागेजिनले भोलीको दिनमा नेतृत्व विकाशमा सहयोग पुग्ने बताइन् ।
कार्यक्रत्रममा डा. महेन्द्र सिंहले म्यागेजिनले विद्यार्थीलाई रचनात्मक बनाएको र यसको विषयबस्तुले ज्ञानको दायरा फराकिले बनाउने बताए ।
म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्र कुमार श्रेष्ठ तथा केसीसीका प्रबन्ध निर्देशक डा प्रल्हाद कार्कीले म्यागेजिन निरन्तरताको शुभकामना दिँदै म्यागेजिनले विद्यार्थीहरुमाझ नयाँ शिपको विकाश भएको बताए ।
कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूले कक्षा भित्र सिकेका कुराहरू व्यवहारमा कसरी लागू गर्ने भन्ने कुरामा म्यागेजिनले सहयोग पुर्याएको बताए ।
प्राध्यापक रामाकृष्ण रेग्मीले म्यागेजिनले विद्यार्थीहरूको करियर निर्माणमा सहयोग गर्ने, तर कृत्रिम बुद्धिमत्ता (एआई) मा पूर्ण रूपमा निर्भर नहुन सुझाएका थिए । उनले भने, एआईले मानवीय सीपहरू कमजोर पार्न सक्छ, त्यसैले बुद्धिमानीपूर्वक प्रयोग गर्नुपर्र्ने बताए ।
प्रकाशित म्यागेजिनको विषयवस्तुले “पर्यटन र एआई” लाई विषेश जोड दिएको छ । शिक्षा क्षेत्रमा एआईको प्रयोग, व्यापार र रोजगारीका सीपहरू समेत समावेश गरिएको छ । विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताए । केसीसीका प्रिन्सिपल कट्टेलले विद्यार्थीहरूको सफ्ट स्किल्स विकासमा कलेजले सहयोग गरिरहेको र म्यागेजिन प्रकाशनलाई निरन्तरता दिई राख्न अनुरोध गरे । सन् २००५ देखि केसीसीले बीबीए कार्यक्रम संचालन गर्दै आएको छ र यो बीबीए अध्ययनमा एक अग्रणी संस्था मानिन्छ ।








प्रतिक्रिया दिनुहोस्