काठमाडौं । देउवा पक्षले कारबाही गरेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफुहरुलाई अल्मल्याएर निर्वाचन आयोगमा पत्र पठाउने काम भएको दाबी गरेका छन् ।
भृकुटीमण्डपस्थित विशेष महाधिवेशन हलबाट पार्टी नेतृत्वले आफुहरुलाई छलफलका नाममा अल्मल्याए आयोगमा पत्र पठाएको दाबी गरे ।
‘देउवा पक्षले हामीहरुलाई अल्मल्याएर निर्वाचन आयोगमा पत्र पठाएको छ’ उनले भने, ‘सर्वसहमतिबाट नेतृत्व चयन गर्ने छौं । धैर्य र संयमता अपनाएर बसिदिनु होला ।’
उनले विशेष महाधिवेशनले जे निर्णय गर्छ निर्वाचन आयोगले पनि त्यसलाई मान्ने उनको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्