काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिएको लाभांश पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न सभाले आव २०८१÷८२ को सञ्चालक समितिको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको हो ।
साधारण सभाले बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको आव २०८१÷८२ को एकीकृत वित्तीय विवरण पनि अनुमोदन गरेको छ । सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन् ।
हाल प्रभु बैंकले देशभर ३१२ शाखा कार्यालय, ६८ एक्स्टेन्सन काउन्टर र २६९ एटिएममार्फत ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया दिनुहोस्