काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयले निर्णय गरेको छ ।
महान्यायाधिवक्ताको कार्यालयले आज यो निर्णय गरेको हो । यो निर्णयसँगै काठमाडौं, कास्की, रुपन्देही र पर्सा जिल्ला सरकारी वकिलको कार्यालयको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता हुने भएको छ ।
लामिछानेले आफुविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता गर्न महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए ।
यस मुद्दाका कारण लामिछाने प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएपनि स्वतः सांसदबाट निलम्बित हुने अवस्था रहेको थियो । अब त्यो हटेको छ ।
यता सहकारी ठगीको मुद्दा भने यथावत् रहेको छ ।








प्रतिक्रिया दिनुहोस्